संक्षिप्त परिचय

 रौतहट नेपालको दक्षिणपूर्वी तराई क्षेत्रमा अवस्थित एक जिल्ला हो । रौैतहट जिल्लाको पूर्वमा सर्लाही, पश्चिममा बारा,उत्तरमा मकवानपुर र दक्षिणमा भारतको बिहार राज्यको सीतामढी र पूर्वी चम्पारण जिल्ला पर्दछ । समुद्र सतहबाट १२२ मिटर देखि २४४ मिटरसम्मको उचाईमा अवस्थित रौतहट जिल्ला १,१२६ वर्ग किलोमिटर क्षेत्रमा फैलीएको छ । गौर रौतहट जिल्लाको सदरमुकाम हो ।

रौतहट २६ डिग्री १४“ देखि २६ डिग्री १४“ अक्षांश र ८५ डिग्री १४“ देखि ८५ डिग्री ३०“ सम्मको पूर्वी देशान्तरमा फैलिएको छ । उष्ण तथा समशितोष्ण हावापानी रहने यस क्षेत्रमा २१२५ मिलिमिटरसम्म वर्षा हुन्छ । यस जिल्लालाई र्पूवमा सर्लाही सँग बागमती नदीले छुट्याएको छ । पश्चिममा बारा जिल्ला, उत्तरमा मकवानपुर जिल्लालाई रौतहट चुरे श्रृंखलाको उच्च भागले छुट्याएको छ । दक्षिणमा छिमेकी देश भारतको उत्तर राज्य विहारको बैरगनियाँ क्षेत्र पर्दछ । जहाँबाट नेपाली क्रान्तिको
प्रथम शुरूवात भएको थियो । त्यो भन्दा पनि पहिले नेपाल एकिकरण हुनु पूर्व जय प्रकाश मल्ल द्वारा झिकाइएका बंगालका सुल्तानका फौजलाई लखेडदै आएका गोर्खाली सेना र वंगाली सेना बीच
रौतहटको संग्रामपुरमा लाडाँइ भएको, समनपुरमा पुग्दा युद्व समाप्ती भएको, र विश्रामपुरमा पुगी नेपाली सेनाले विजयोत्सव मनाई ऐतिहासिक राजदेवी मन्दिरमा पूजापाठ बली भोग चढाई र्फिता भएको भन्ने कुरा प्रचलित रहेको छ ।आदीवासी तराई मुलका मानिसहरुको बसोबास रहेको रौतहट जिल्लाको नाम राउत र हट भन्ने दुई शब्दहरु मिलेर बनेको हो । राउत भन्नाले खासगरी यादव (ग्वाला) जातीको थरलाई बुझाउँछ र हट शब्दको अर्थ बजार हुन्छ । हट शब्द हाटमा अपभ्रंस भएर रौतहट बनेको हो । यसप्रकार रौतहट शब्दको अर्थ यादवहरुको वस्ती भएको ठाउँ भन्ने हुन्छ ।